Friday, November 25, 2011

उमेद्धार मन नपरेपछि पोर्न स्टारलाई भोट

चुनावमा कुनैपनि उमेद्धार मन परेन भने मतदाताले के गर्ला ? सहजै अनुमान गर्न सकिन्छ की ऊ या त भोट हाल्नै जाँदैन वा भोट हालेपनि रद्ध गरिदिन्छ । तर यो अनुमानलाई गलत सावित गरिदिएका छन् चिनिया विद्यार्थीहरुले ।


चिनको एक विश्वविद्यालयका विद्यार्थीहरुले चुनावमा उठेका कुनैपनि उमेद्धार मन नपरेपछि ब्लु फिल्मकी नायिकाको नाममा भोट हालेका छन् । सांघाइको फूडान युनिभर्सिटीले हालै पिपुल्स कांग्रेसको प्रारम्भिक चुनाव आयोजना गरेको थियो । चुनावमा उपयुक्त उमेद्धार नउठाइएपछि बेखुसी बनेका विद्यार्थीहरुले भोट रद्ध मात्र गराएनन् पोर्न स्टारको नाममा मत खसाले । धेरै विद्यार्थीले चुनाव बहिष्कार गरे । मतगणनाका क्रममा धेरै विद्यार्थीले मतपत्रमा जापानी पोर्न स्टार सोरा ओई को नाम लेखेर मतपेटिकामा खसालेको पाइयो ।

धेरै मतपत्रमा पोर्न स्टारको नाम पाइएपछि विश्वविद्यालय प्रशासन चुनावको नतिजासम्म पुग्न सकेन र पुनः मतदान गराउनुपर्ने निष्कर्षमा पुग्यो ।

एक विद्यार्थीले चुनावमा उठेका उमेद्धार कामै नलाग्ने भएकाले उनीहरुलाई भोट दिनुभन्दा पोर्न स्टारलाई भोट दिनु राम्रो भन्ठानेर सोरा आइको नाममा भोट खसालेको बताए ।

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger