Tuesday, January 10, 2012

५९ सहरमा मनाइयो कट्टु दिवस

अमेरिकाको न्युयोर्क सहित विश्वका विभिन्न देशका ५९ भन्दा बढि सहरमा कट्टु लगाएर हिड्ने समारोह जनवरी ८ मा सम्पन्न भएको छ । सन् २००२ देखि सुरु भएको यस्तो अभियान अन्तरगत यो पटकको एघारौँ वाषिर्क कार्यक्रममा न्युयोर्कमा मात्र ४ सय जनाले भाग लिए । इम्प्रुभ एभ्रीह्वेयर नामको संस्थाले आयोजना गरेको उक्त अभियानमा सहभागिहरुले सरीरको माथिल्लो भागमा सबै कपडा लगाएका भएपछि तल्लो भागमा केबल अण्डरवेयर मात्र लगाएका थिए । नियमित रुपमा आफ्नो कार्यालयमा जाने देखि लिएर त्यत्तिकै घुम्न निस्किने र संगठित भएर कार्यक्रममा सहभागि हुनेहरु सहरमा यत्रतत्र कट्टु मात्र लगाएर घुमिरहेका देखिन्थे । त्यस्तै गाडिमा चढेका तथा डिपार्टमेन्टल स्टोरहरुमा पुगेका युवायुवती र अधबैंसेहरु पनि कट्टुमै सजिएका थिए । कतिपयले कट्टु लगाएर पढिरहेका थिए भने कतिपयले गित गाइरहेका थिए । स्विजरल्याण्डको ज्यूरिच, अस्ट्रेलियाको एडिलेड, स्पेनको बार्सिलोना, अस्ट्रेलियाको ब्रेसबन, स्विडेनको स्टकहोम, क्यानडाको टोरन्टो, अमेरिकाको बोस्टन, शिकागो लगायत विश्वका २७ देशका ५९ भन्दा बढि सहरमा कट्टु लगाएर हिड्ने कार्यक्रम सम्पन्न भएको हो ।






No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger