Tuesday, February 21, 2012

पहिलो सेक्स १७ वर्षमै



– यत्ना कार्की

मोडल तथा व्यवसायी यत्ना कार्की विभिन्न कारणले चर्चामा छिन् । उनले दिएको सेक्स सम्वन्धी हट कुराकानी होस् या व्यवसायको क्षेत्रमा उनले चालेको कदम । सन् २००४ वाट विश्वका विभिन्न देशमा पुगेर आफ्नो व्यापारलाई अगाडी वढाईरहेकी यी मोडल नेपाली मोडलिङमा लाग्ने समेत वताउँछिन् । उनै, यत्ना कार्कीसँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानी:

तपाइ त सेक्सका वारेमा खुवै खुलेर कुरा गर्नुहुन्छ नि हैन ?

होईन, मैले एउटा मिडियाका लागि सेक्सको मात्र कुरा गर्ने प्रश्न भएकाले अन्र्तवार्ता दिएकी हुँ । यसपछि, मैले त्यस्तो कुनै कुरा गरेको छैन ।

तपाईको नामको अर्थ ?

वलियो, कसीले हो । मैले पनि डिस्नेरीमा हेरेकी हूँ ।

वाहिर वस्न थालेको कति भयो ?

सन् २००४ देखि हो । यसपछि भने आउने जाने भैरहेको छ ।

विहे अघि र पछि कुन सेक्स ठिक लाग्छ ?

अर्को प्रश्न सोध्नु न ।

सेक्स भनेको के हो जस्तो लाग्छ ?

जीवनलाई चाहिने एउटा आवश्यकता हो जस्तो लाग्छ ।

सेक्सको अनुभव छ ?

मसँग सेक्सको अनुभव छ ।

पहिलोपटक सेक्स कहिले भएको थियो ?

१७ वर्षको हुदाँ मेरो केटासाथीसँग भएको थियो । यस्तै, ४ वर्षजति भयो होला ।

पहिलो पटक सेक्स गर्दा कस्तो अनुभव भएको थियो ?

हैन, सेक्स त जीवनका लागि जरुरी कुरा हो नि । अनुभव त सामान्य नै भयो ।

यसपछि, फेरि पनि भयो ?

व्वाईफ्रेन्ड हुँदा त वारम्वार सेक्स भईरहन्थ्यो । तर, व्रेक अप भएपछि भने सेक्स कसैसँग पनि भएको छैन ।

विवाह कहिले गर्ने त ?

अझै ६ वर्ष जति लाग्छ होला ।

प्रेम प्रस्ताव कति आए त जीवनमा ?

उमेरमा त आईहाल्छ नि ।

आफ्नो अंगमा सेक्सी अंग कुन लाग्छ ?

मलाई त मेरो खुट्टादेखि शिर सम्म सवै राम्रो लाग्छ । तर, यसमा पनि विशेष भनेको आँखा हो ।

तपाईलाई मोडलिङ गर्ने ईच्छा पनि छ ?

यो मेरो रुची हो । तर, मैले धेरै चर्चित कम्पनीको विज्ञापन खेलीसकेको छु ।

नायिका वन्ने रुची छैन ?

रुची त छ तर समय ले नै भ्याउँदिन । सिनेमा खेल्नका लागि अफर पनि आईरहेका छन् तर भ्याएको छैन । म सिनेमा वनाउँन पनि चाहन्छु, यसैका लागि होमवर्क पनि गरिरहेको छु ।

हालसम्म कतिवटा देश घुम्नु भयो ?

सन् २००४ वाट सुरु भएको हो मेरो विदेश यात्रा । यसपछि त धेरै देश पुगिसकेको छु ।

तपाईलाई कस्तो मौसम मनपर्छ ?

मलाई त गर्मी नै मनपर्छ । समुन्द्रको तिर तर्फ पनि जान पाईने, कपडा पनि खासै लगाउनु पर्दैन नि हैन ।

कस्तो खालको युवक मनपर्छ तपाईलाई ?

मलाई त वुझ्ने युवक नै मनपर्छ ।

प्रेमका अनुभवहरु कत्तिको छन् ?

कुनै जमानामा थियो, स्कुल पढ्दा यसपछि त भएको छैन ।

कस्तो ड्रेसअप लगाउन मनपर्छ ?

हाफ पाईन्ट, ट्रायकसुट लगाउन मन लाग्छ ।

मिठो के खानेकुरा पकाउनुहुन्छ ?

स्यान्डविच र कफि मात्र ।

अवको दश वर्षपछि तपाई कस्तो हुनुहोला ?

म नेपालको एक सफल व्यवसायी वन्ने छु ।

तपाई विदेश किन गईरहनुहुन्छ ?

मेरो त्यहाँ ह्यान्डिक्राफ्टको व्यापार छ, यसैको लागि गइरहन्छु ।

अमेरिका र नेपालमा के फरक छ ?

नेपाल भर्खर भर्खर विकसित हुँदैछ । अमेरिका निक्कै नै विकसित राष्ट्र हो । तुलना गर्न नै मिल्दैन नि ।

अमेरिका भन्दा नेपाल कुन कुरामा कमजोर रहेछ त ?

धेरै कुरामा छ । शिक्षा, अभावदेखि हरेक कुरामा रहेको छ ।

यदि तपाई नेपालको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?

म शिक्षाको नै विकास गर्छु ।

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger