Showing posts with label विचित्र संसार. Show all posts
Showing posts with label विचित्र संसार. Show all posts

Tuesday, January 10, 2012

५९ सहरमा मनाइयो कट्टु दिवस

अमेरिकाको न्युयोर्क सहित विश्वका विभिन्न देशका ५९ भन्दा बढि सहरमा कट्टु लगाएर हिड्ने समारोह जनवरी ८ मा सम्पन्न भएको छ । सन् २००२ देखि सुरु भएको यस्तो अभियान अन्तरगत यो पटकको एघारौँ वाषिर्क कार्यक्रममा न्युयोर्कमा मात्र ४ सय जनाले भाग लिए । इम्प्रुभ एभ्रीह्वेयर नामको संस्थाले आयोजना गरेको उक्त अभियानमा सहभागिहरुले सरीरको माथिल्लो भागमा सबै कपडा लगाएका भएपछि तल्लो भागमा केबल अण्डरवेयर मात्र लगाएका थिए । नियमित रुपमा आफ्नो कार्यालयमा जाने देखि लिएर त्यत्तिकै घुम्न निस्किने र संगठित भएर कार्यक्रममा सहभागि हुनेहरु सहरमा यत्रतत्र कट्टु मात्र लगाएर घुमिरहेका देखिन्थे । त्यस्तै गाडिमा चढेका तथा डिपार्टमेन्टल स्टोरहरुमा पुगेका युवायुवती र अधबैंसेहरु पनि कट्टुमै सजिएका थिए । कतिपयले कट्टु लगाएर पढिरहेका थिए भने कतिपयले गित गाइरहेका थिए । स्विजरल्याण्डको ज्यूरिच, अस्ट्रेलियाको एडिलेड, स्पेनको बार्सिलोना, अस्ट्रेलियाको ब्रेसबन, स्विडेनको स्टकहोम, क्यानडाको टोरन्टो, अमेरिकाको बोस्टन, शिकागो लगायत विश्वका २७ देशका ५९ भन्दा बढि सहरमा कट्टु लगाएर हिड्ने कार्यक्रम सम्पन्न भएको हो ।






Friday, January 6, 2012

सुन्दरीहरु, जो सँग धेरै पुरुषले सम्भोगको सपना देख्छन्

धेरै महिला सेलिब्रेटीहरुलाई देख्दा पुरुषहरुमा सेक्स डिजायर वा सम्भोगको चाहना जाग्नु स्वभाविकै हो । तर विश्वमा कुन महिला होलिन् जसलाई देखेर सबैभन्दा धेरै पुरुषको यौन इच्छा जागृत हुन्छ ? एक नयाँ सर्वेक्षणले विश्वका सबैभन्दा धेरै पुरुषले अमेरिकी अभिनेत्री तथा मोडेल ब्लेक लाइवली सँग सम्भोगको सपना देख्ने गरेका छन् ।
५० लाख पुरुषमा देखिएको अध्ययनले लाइवली पुरुषमा यौन इच्छा जागृत गर्ने क्षमता भएकी सेलिब्रेटीमा पहिलो स्थानमा परेकी हुन् । आस्कमेनले गरेको सर्वेक्षणमा समावेश गरिएका पुरुषहरुले लाइवली पछि मिला कुनिससँग सम्भोग गर्ने इच्छा जाहेर गरे ।
पुरुषमा कामवासना सिर्जना गर्नसक्ने तागत भएका महिलामा सोफिया बर्गेरा तेश्रो, सेलिटा इब्याक्स चौथो, मिरान्डा केर पाँचौँ, चेरिल कोल छैठौँ, स्कारलेट जोहन्सन सातौँ, केटी पेरी आठौँ, एन्ना हेथवे नबौँ र जेसिका पेर दशौँ स्थानमा परेका छन् ।




Friday, November 25, 2011

उमेद्धार मन नपरेपछि पोर्न स्टारलाई भोट

चुनावमा कुनैपनि उमेद्धार मन परेन भने मतदाताले के गर्ला ? सहजै अनुमान गर्न सकिन्छ की ऊ या त भोट हाल्नै जाँदैन वा भोट हालेपनि रद्ध गरिदिन्छ । तर यो अनुमानलाई गलत सावित गरिदिएका छन् चिनिया विद्यार्थीहरुले ।


चिनको एक विश्वविद्यालयका विद्यार्थीहरुले चुनावमा उठेका कुनैपनि उमेद्धार मन नपरेपछि ब्लु फिल्मकी नायिकाको नाममा भोट हालेका छन् । सांघाइको फूडान युनिभर्सिटीले हालै पिपुल्स कांग्रेसको प्रारम्भिक चुनाव आयोजना गरेको थियो । चुनावमा उपयुक्त उमेद्धार नउठाइएपछि बेखुसी बनेका विद्यार्थीहरुले भोट रद्ध मात्र गराएनन् पोर्न स्टारको नाममा मत खसाले । धेरै विद्यार्थीले चुनाव बहिष्कार गरे । मतगणनाका क्रममा धेरै विद्यार्थीले मतपत्रमा जापानी पोर्न स्टार सोरा ओई को नाम लेखेर मतपेटिकामा खसालेको पाइयो ।

धेरै मतपत्रमा पोर्न स्टारको नाम पाइएपछि विश्वविद्यालय प्रशासन चुनावको नतिजासम्म पुग्न सकेन र पुनः मतदान गराउनुपर्ने निष्कर्षमा पुग्यो ।

एक विद्यार्थीले चुनावमा उठेका उमेद्धार कामै नलाग्ने भएकाले उनीहरुलाई भोट दिनुभन्दा पोर्न स्टारलाई भोट दिनु राम्रो भन्ठानेर सोरा आइको नाममा भोट खसालेको बताए ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger