Saturday, July 9, 2011

पढाईलाई निरन्तरता दिने अन्जु - पन्त






गायिका अन्जु पन्त पढाई अगाडी बढाउने सोंचमा पुगेकी छन् । एसएलसी पास गरेपछि पढाईलाई निरन्तरता दिन नसकेकी यी कोकिलस्वरकी गायिकालाई अब पढाई अगाडी नबढाई हुँदैन भन्ने लागेको छ ।

मेरो औपचारिक पढाई एसएलसीमात्र हो, तर मैले गायन क्षेत्रमा जुन सफलता चुमें, त्यसमा म निकै गर्व गर्छु-पन्तले भनिन् । १७ बर्षअघि एसएलसी गरेकी पन्तले आफ्नै स्वास्थ्य र गायनप्रतिको रुचीका कारण पढाई अगाडी बढाउन नसकेको बताइन् । ‘धेरै पढन नसकेकोमा पछुतो छैन’- पन्तले भनिन-’औपचारिक शिक्षा धेरै नभएपनि भगवानले मलाई गाउने कला दिए म यसमै खुसी छु ।’

तर शिक्षा लिन उमेर बाधक नहुने मान्यता राख्ने गायिका अन्जुले अब पढाई अगाडी बढाउने सोंच बनाएकी छन् । उनले यसबारे विस्तृत त खुलाएकी छैनन तर एसएलसीपछिको पढाई थाल्ने सोंचमा भने पुगिसकेकी छन् ।

स्कुलमा मात्र हैन जिन्दगीका कुनै पनि परिक्षामा फेल नभएको दावी गर्ने अन्जुले गायन यात्राको डेढ दशकको यात्रामा सफलता पाउन थालेको भने जम्मा चार पाँच बर्षमात्र भयो । गायनमा पनि आफुले कुनै औपचारिक डिगि्र नलिएको उनको भनाई छ ।

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepali Cinetimes - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger